दफा १२
धर्म, जाति, जात, वर्ण, लिङ्ग वा मतको आधारमा भेदभाव नगरिनेः

धर्म, जाति, जात, वर्ण, लिङ्ग वा कुनै मतको आधारमा कुनै व्यक्तिलाई विश्वविद्यालयको कुनै पद वा कुनै स्नातकोत्तर उपाधि, स्नातक उपाधि, प्रमाणपत्र वा अन्य शैक्षिक उपाधि हासिल गर्न वा अध्ययन गर्न वा सुविधा पाउनबाट बञ्चित गरिने छैन ।